दफा
अनुवाद सम्बन्धी व्यवस्था

(१) कुनै विदेशी राज्यबाट अध्यादेशको दफा ४० को उपदफा (२) बमोजिम अंगे्रजी भाषामा प्राप्त हुन आएको अनुरोधपत्र र सो सँग संलग्न लिखत वा कागजात वा नेपालको तर्फबाट कुनै विदेशी मुलुकमा पारस्परिक कानूनी सहायताको लागि गरिने अनुरोधपत्र, सो सँग संलग्न लिखत वा कागजातको अनुवाद केन्द्रीय अधिकारीले गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुवाद गर्ने प्रयोजनको लागि केन्द्रीय अधिकारीले विभिन्न भाषाका अनुवादकहरुको रोष्टर तयार गरी प्रत्येक आर्थिक वर्षको लागि त्यस्तो
रोष्टर अद्यावधिक समेत गर्नु पर्नेछ ।
(३) केन्द्रीय अधिकारीले उपनियम (१) बमोजिम अनुवाद गर्नु पर्ने अनुरोधपत्र, सो सँग संलग्न लिखत वा कागजात सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनको अधीनमा रही अनुवाद गराउनु पर्नेछ ।
तर विशेष परिस्थिति परी वा कुनै खास भाषाको ज्ञान भएको व्यक्ति रोष्टरमा नरहेको अवस्थामा रोष्टरमा नरहेकोे व्यक्तिबाट समेत अनुवाद गराउन बाधा पर्ने छैन ।